जडेजा चम्किँदा केकेआरविरुद्ध चेन्नईको रोमाञ्चक जित

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ६ विकेटले विजयी भएको छ ।

केकेआरले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको सीएसकेले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्न सफल भयो । अन्तिम बलमा चेन्नईलाई एक रन चाहिएको थियो । १९.६ ओभरमा रवीन्द्र जडेजाले छक्का प्रहार गर्दै टिमलाई जिताउन सफल भए ।

जारी सिजनमा सीएसकेको यो पाँचौ जित हो । उसले १३ म्याच खेल्दा ८ खेलमा हारको सामना गरेको छ ।

याे पनि पढ्नुस  दिल्लीलाई हराउँदै मुम्बई आईपीएलको फाइनलमा

चेन्नईको जितमा ऋतुराज गायकवाडले उत्कृष्ट ब्याटिङ गरे । उनले केकेआरविरुद्ध ५३ बलमा २ छक्का र ६ चौकासहित ७२ रन बनाए ।

त्यस्तै, रवीन्द्र जडेजाले ११ बलमा ३ छक्का र २ चौकासहित अविजित ३१, अम्बाती रायडूले ३८, शेन वाट्सनले १४, साम करनले नटआउट १३ रनको योगदान दिए ।

याे पनि पढ्नुस  हैदराबादविरुद्ध बलिङ गर्दै दिल्ली, लगातार १२ औँ म्याचमा पनि सन्दीपले पाएनन् मौका

बलिङमा केकेआरका प्याट कमिन्स र वरुण चक्रवर्तीले २/२ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

उसका लागि नितीश राणाले उत्कृष्ट ब्याटिङ गरे । उनले ६१ बलमा ४ छक्का र १० चौकासहित ८७ रन बनाए ।

नितीशले १६औँ ओभरमा कर्ण शर्माको ओभरमा ३ बलमा ३ छक्का प्रहार गर्दै चेन्नई बलियो लक्ष्य दिन ठूलो मद्दत गरे ।

याे पनि पढ्नुस  आरसीबीको फराकिलो जित, उक्लियो तेस्रो स्थानमा

त्यस्तै, शुभमन गिलले २६, दिनेश कार्तिकले अविजित २१, कप्तान इयोन मोर्गनले १५, रिंकु सिंहले ११ र सुनील नारायणले ७ रनको योगदान दिए ।

बलिङमा चेन्नईका लुंगी एनगीडिले २, रवीन्द्र जडेजा, कर्ण शर्मा र मिचेल सान्टनरले एक/एक विकेट लिए ।

जारी सिजनमा केकेआरको यो सातौँ हार हो । उसले १३ म्याचमा ६ खेलमा जित हासिल गरेको छ ।

कमेन्ट गर्नुहोस्