दशैँ मान्न घर गएका युवक पक्राउ

बागलुङ : जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध मुद्दाका एक प्रतिवादीलाई आज पक्राउ गरेको छ । गत वर्ष पुस २२ गते जिल्ला अदालत बागलुङले कैद र जरिवाना सजायँ सुनाएका बागलुङ नगरपालिका- २ का ३४ वर्षीय सन्तोष भनिने एडिसन बस्नेतलाई पक्राउ गरिएको हो ।

याे पनि पढ्नुस  अब गुराँस मासे कारबाही

अदालतको फैसलापछि उनी फरार थिए । दशैंँ मनाउन घरमा आएका बेला उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । बस्नेतले एक वर्ष १० महिना २१ दिन कैद र रु ७५ हजार जरिवाना भुक्तान गर्न बाँकी छ । उनलाई बिहीबार नै जिल्ला अदालत पेस गरिएको छ ।

याे पनि पढ्नुस  आत्मसमर्पणपछि रिहा भए विप्लवका समूहका यी नेता

दुई महिनायता अभियान चलाएको प्रहरीले हालसम्म १०८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । बागलुङमा ४ सय ८० प्रतिवादी फरार छन् ।

कमेन्ट गर्नुहोस्