काठमाडौं उपत्यकामा आज १६१५ जनामा कोरोना पुष्टि

काठमाडौं : गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना कोरोना पुष्टि भएको हो ।

काठमाडौं जिल्लामा हालसम्म ५९ हजार २३४ जना कोरोना संक्रमित भएकामा ४२ हजार ५०४ निको भएका छन् भने २०९ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ५२१ रहेको छ ।

याे पनि पढ्नुस  मृतक संख्यामा न्युयोर्कमा नयाँ रेकर्ड

ललितपुरमा कुल ८३५० संक्रमितमा ५८२२ जना निको भएका छन् भने ५८ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २४७० रहेको छ ।

भक्तपुरमा कुल ५५१९ संक्रमित भएकमा ४३८३ निको भएका छन् र ६१ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०७५ रहेको छ ।

याे पनि पढ्नुस  यी हुन् काठमाडौं उपत्यकामा सिल गरिएका क्षेत्र

बिहीबार देशभरमा भने २३६४ जना संक्रमित भेटिएका छन् ।

कमेन्ट गर्नुहोस्