बजार खुलेसँगै ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं : बजार खुलेसँगै सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँ सस्तो भएको हो । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि कात्तिक ६ गते सुन तोलामा ९५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै बिहीबार तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

याे पनि पढ्नुस  यस्तो छ आज सुनचाँदीको मूल्य

चाँदी तोलामा ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्