प्रधानमन्त्रीद्वारा राष्ट्रपतिबाट दशैँको टीका र जमरा ग्रहण

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैँको टीका र जमरा ग्रहण गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित धर्मपत्नी राधिका शाक्यले आज शीतल निवासमा राष्ट्रपति भण्डारीद्वारा टीका र जमरा ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यो वर्ष बुबाको हातबाट भने टीका लगाएनन् । बुबा मोहनप्रसाद ओली गृहजिल्ला झापामा रहेकाले यो वर्षको दशैँमा प्रधानमन्त्रीले बुबाको हातबाट टीका नलगाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

याे पनि पढ्नुस  सञ्चारमन्त्रीले प्रधानमन्त्री ओलीसँग छलफलपछि राजीनामाको निर्णय गर्ने, पत्रकार सम्मेलन ४.३० मा

कमेन्ट गर्नुहोस्