चिनियाँ राजदूतले गाइन् ‘रेशम फिरिरि’

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली चर्चित गीत रेशम फिरिरि गाएकी छन् । गीतको क्लिप १ मिनेट २९ सेकेन्डको गीतको क्लिप उनले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेकी छन् ।

‘मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं,’ उनले ट्वीटरमा लेखेकी छन् ।

याे पनि पढ्नुस  चीनमा रहेका नेपाली कसैमा पनि कोरोना भाइरसकाे संक्रमण छैनः चिनियाँ राजदूत

नेपालीहरुको महान चाड बडा दसैंको मुख्य दिन आफूले गाएको गीत सेयर गर्दै उनले लेखेकी छन्, ‘यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् १’

बुद्धि परियारले गाएको ‘रेशम फिरिरि‘’ नेपालको चर्चित लोक गीत हो । सन् १९७० मा सार्वजनिक भएको यो गीत विदेशीहरूमाझ पनि चर्चित छ ।

याे पनि पढ्नुस  चिनियाँ राजदूत भन्छिन्, ‘नेपाललाई चिकित्सा सामग्री उपलब्ध गराउँछौं’

कमेन्ट गर्नुहोस्