पर्वहरूले विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गरुन् : प्रधानन्यायाधीश जबरा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोभि-१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आआफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गरेका छन् ।

विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उनले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

याे पनि पढ्नुस  स्वास्थ्यभन्दा ठूलो अरू केही छैन, ज्यान जोगाएर पर्व मनाउनुस् : मुख्मयन्त्री भट्ट

प्रधानन्यायाधीश जबराले कोरोनाबाट सङ्क्रमित स्वदेश तथा विदेशमा हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

कोरोनाका कारण उत्पन्न विषम र असहज परिस्थितिको सामना गर्नु परिरहेको स्मरण गर्दै उनले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत विधि र मापदण्ड नै रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प भएको बताएका छन् ।

याे पनि पढ्नुस  स्वतन्त्र र निष्पक्ष न्याय एक्लो प्रयासले हुँदैनः प्रधानन्यायाधीश जबरा

कमेन्ट गर्नुहोस्