कैलाली : नेपाली कांग्रेस डोटीका नेता तेज पुनको निधन भएको छ । कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत रहेका पुनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि सेती अस्पताल लगिएको थियो । उनमा मंगलबार कोरोना पुष्टि भएको थियो।
केआईसिंह गाउँपालिका–४ वायल निवासी पुनको बुधबार दिउँसो निधन भएको नेपाली कांग्रेस डोटीका सभापति प्रदीप देउवाले जानकारी दिए ।
पुनको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । नेता पुन २०४६ सालभन्दा अगाडी देखि कांग्रेस राजनीतिमा सक्रिय थिए ।