आईपीएल : मुम्बईको लगातार पाँचौ जित, उक्लियो शीर्ष स्थानमा

कठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध मुम्बई इण्डियन्स ८ विकेटले विजयी भएको छ ।

केकेआरले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको मुम्बईले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि क्विन्टन डीककले उत्कृष्ट ब्याटिङ गरे । उनले ४४ बलमा ९ चौका र ३ छक्कासहित अविजित ७८ रन बनाए ।

त्यस्तै, कप्तान रोहित शर्माले ३५, सूर्यकुमार यादवले १० र हार्दिक पाण्ड्याले नटआउट २१ रनको योदादान दिए । बलिङमा केकेआरका वरुण चक्रवर्ती र शिवम माभिले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  आईपीएल : आरसीबीलाई हराउँदै दिल्ली ‘प्लेअफ’मा प्रवेश

यसअघि टस जितेर ब्याटिङ रोजेको केकेआरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनायो ।

उसका लागि प्याट कमिन्सले राम्रो ब्याटिङ गरे । उनले ३६ बलमा २ छक्का र ५ चौकासहित अविजित ५३ रन बनाए ।

१७ ओभरको अन्तिम बलमा क्याच क्विन्टन डीककले छुटाउँदा कमिन्सले उत्कष्ट पारी खेले । यो ओभरमा जसप्रीत बुमराहले बलिङ गरिरहेका थिए । यो अवस्थामा कमिन्स ३६ रनमा ब्याटिङ गरिरहेका थिए ।

याे पनि पढ्नुस  आज पञ्जाब र राजस्थान खेल्दै, यस्तो छ सम्भावित प्लेइङ-११

त्यस्तै, कप्तान इयोन मोर्गनले नटआउट २९ बलमा ३९, शुभमन गिलले २१, आन्द्रे रसेलले १२, नितीश राणाले ५, दिनेश कार्तिकले ४ र राहुल त्रिपाठीले ७ रनको योगदान दिए ।

बलिङमा मुम्बईका राहुल चाहरले २, ट्रेन्ट बोल्ट, जसप्रीत बुमराह र नाथनकुल्टन नाइलले एक/एक विकेट लिए ।

याे पनि पढ्नुस  मुम्बईविरुद्ध राजस्थानको शानदार जित, स्टोक्सको शतक

आजको जितसँगै मुम्बई फेरि शीर्ष स्थानमा उक्लिएको छ । उसले ८ म्याच खेल्दा ६ मा जित र २ खेलमा हारको सामना गरेको छ । र, मुम्बईले ८ म्याचमा १२ अंक जोडेको छ ।

कमेन्ट गर्नुहोस्