हैदराबादविरुद्ध ब्याटिङ गर्दै चेन्नई, प्लेइङ-११ मा यी खेलाडीले पाए मौका

काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध सनराइजर्स हैदराबादले टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ । आज सीएसकेले तीन खेलाडी परिवर्तन गरेको छ ।

उसले ऋतुराज गायकवाड, मुरली विजय र जोश हेजलउडलाई विश्राम दिँदै डिजे ब्रावो, सार्दुल ठाकुर र अम्बाती रायडूलाई मौका दिएको छ । हैदराबादले भने आज पनि अघिल्लो प्लेइङ-११ लाई मेदान उतारेको छ ।

याे पनि पढ्नुस  आईपीएल : दिल्लीविरुद्ध केकेआरको फराकिलो जित

जारी सिजनमा दुबै टिमले तीन म्याच खेल्दा समान दुईमा हार र एक खेलमा जित हासिल गरेका छन् । पछिल्लो पाँच खेलमा हैदराबामले एक म्याचमा मात्र चेन्नईलाई हराउन सकेको छ ।

यो पटक हैदराबादमा डेविड वार्नरले कप्तानको जिम्मेवारी पाएका छन् । सीएसकेमा भने यो सिजनमा पनि महेन्द्रसिंह धोनीले नै कप्तानी गरिरहेका छन् ।

याे पनि पढ्नुस  आईपीएलमा रोहित शर्माको ५ हजार रन पूरा

अंक तालिकामा हैदराबाद सातौँ र सीएसके आठौँ स्थानमा छ । समान दुई अंक भए पनि नेट रनरेटका कारण सीएसके पुछारमा रहेको हो ।

सीएसकेको सम्भावित प्लेइङ-११ : शेन वाटसन, फाफ डु प्लेसिस, अम्बाती रायडू, साम कुरान, केदार जाधव, महेन्द्रसिंह धोनी, रवीन्द्र जडेजा, सार्दुल ठाकुर, दीपक चाहर, पियुष चावला र डिजे ब्रावो ।

याे पनि पढ्नुस  दिल्लीविरुद्ध पञ्जाब ५ विकेटले विजयी, उक्लियो पाँचौ स्थानमा

हैदराबादको सम्भावित प्लेइङ-११ : डेविड वार्नर, जोनि बेयरिस्टो, मनिष पाण्डे, केन विलियम्सन, अब्दुल समद, अभिषेक शर्मा, प्रियाम गर्ग, राशिद खान, भुवनेश्वर कुमार, टी नटराजन र खलील अहमद ।

कमेन्ट गर्नुहोस्