पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई कोरोना सङ्क्रमण

काठमाण्डौंः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कामकै सिलसिलामा आफूलाई कोरोना पुष्टि भएको ज्ञवालीले ट्वीटमार्फत जानकारी दिए।

ज्ञवाली अहिले होम आइसोलेशनमा बसेका छन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि ज्ञवालीले बताए ।

याे पनि पढ्नुस  मच्छिन्द्रनाथको पुनर्निर्माण छिट्टै अघि बढाइने

कमेन्ट गर्नुहोस्