केकेआरविरुद्ध ब्याटिङ गर्दै हैदरावाद, प्लेइङ ११ मा को-कोले पाए मौका?

काठमाडौं  : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध सनराइजर्स हैदरावादले टस जितेर ब्याटिङ रोजेको छ ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुँदैछ ।

केकेआर र हैदरावादले जारी आइपीएलको पहिलो खेलमा हारको सामना गरिसकेका छन् ।

याे पनि पढ्नुस  सन्दीपआवद्ध दिल्ली क्यापिटल्सका म्याच घरेलु मैदानमा नहुने

दुबै टोली आज आइपीएल २०२० मा जितको सुरुवात गर्न चाहन्छन् । आइपीएल इतिहासमा केकेआरले २ र हैदरावादले एक पटक उपाधि जितेसकेका छन् ।

आज केकेआरले २ र हैदरावादले ३ खेलाडी परिवर्तन गरेकाे छ । हैदरावादले मिचेल मार्श, विजय शंकर र सन्दीप शर्माको स्थानमा ऋद्धिमान शाह, मोहम्मद नाबी र खलिल अहमदलाई मौका दिएको छ ।

याे पनि पढ्नुस  आइपीएल इतिहासमा धेरै बलको सामना गर्ने ३ क्रिकेटर

यता केकेआरले सन्दीप वारियर्स र निखिल नाइकको स्थानमा कमलेश नगरकोटी र वरुण चक्रवर्तीलाई अवसर दिएको छ ।

केकेआरको प्लेइङ-११ : सुनील नारायण, शुभमन गिल, दिनेश कार्तिक (कप्तान), नीतीश राणा, इयोन मोर्गन, आन्द्रे रसल, कमलेश नगरकाेटी, वरुण चक्रवर्ती, प्याट कमिन्स, कुलदीप यादव र शिवम मावी ।

याे पनि पढ्नुस  आइपीएल : आरसीबीले दियो मुम्बईलाई २०२ रनको लक्ष्य

हैदरावादको प्लेइङ-११ : जोनी बेयरस्टो (विकेटकीपर), डेविड वार्नर (कप्तान), मनीष पाण्डे, प्रियाम गर्ग, मोहम्मद नाबी, ऋद्धिमान शाह, खलिल अहमद, अभिषेक शर्मा, राशीद खान, भुवनेश्वर कुमार र टी नटराजन ।

कमेन्ट गर्नुहोस्