एम्बुलेन्स लिएर वडाध्यक्ष संक्रमतिको घरमा गएपछि…

सप्तरी : जिल्लाकाे खडक नगरपालिका-८ स्थित सङ्क्रमित पत्रकारको घरमा साइरन बजाउँदै दुई एम्बुलेन्स र एक प्रहरी भ्यान गएर बिहान टक्क रोकियो । वडा नं ८ का वडाध्यक्ष इसराइल मियाँ र इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक धर्मराज मुडभरीसहितको टोली बिहान ११ः०० बजे सङ्क्रमित पत्रकारको घर पुगे ।

तीन कोठाको अलग/अलग ओछ्यानमा छ जना आइसोलेट भई बसेका थिए । राजविराजबाट प्रकाशित हुने एक दैनिक पत्रिकाका सम्पादक चार दिनअघि र उनकै पत्रिकाका सहसम्पादकसहित परिवारका सदस्यमा कोरोना पोजिटिभ पुष्टि भएपछि उनीहरू सिङ्गो घर आइसोलेट गरी बस्न थालेका हुन् ।

याे पनि पढ्नुस  एकै दिन २ वडाध्यक्षको निधन

यसबारे जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमा समेत जानकारी गराइएको पत्रकारकी दिदीले बताइन् । कतिपय स्थानमा होम आइसोलेसनमा बसेका सङ्क्रमितको घरमै गएर जनप्रतिनिधिले भेटेर हौसला दिने अभियान चलाएका छन् ।

प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि र स्वास्थ्य सावधानीका उपायको जानकारीसहितको स्वास्थ्य लाभको पत्र बोकेर जनप्रतिनिधिको टोली सङ्क्रमितको घरमै पुगेर भेट्ने काम पनि भइरहेको छ ।

तर, पत्रकारको घरमा अचानक एम्बुलेन्स, प्रहरी, सेनासहित पुगेका वडाध्यक्ष मियाँले होम आइसोलेसनमा बस्न पाइँदैन भन्दै दुव्र्यवहार गरे । सङ्क्रमित पत्रकारका अनुसार वडाध्यक्षले राजविराजस्थित आइसोलेशन केन्द्र वा नगरपालिकाकै स्वास्थ्य चौकीमा आइसोलेट भएर बस्न निकै दबाब दिनुभयो ।

याे पनि पढ्नुस  वडाध्यक्ष नै बालक हत्याका मुख्य योजनाकार

बाहिरी मानिसलाई प्रवेश निषेध गरी सिङ्गो घर नै आइसोलेट गरी सरकारी मापदण्डअनुसार नै होम आइसोलेसनमा बसेकाले अन्तको आइसोलेशनमा जानु नपर्ने सङ्क्रमित पत्रकारले अडान राखे । पत्रकारकी दिदीले पनि व्यवस्थित गरेर सिङ्गो घर नै आइसोलेसन बनाएर राखेकाले अन्त लैजाने दबाब नदिनु भनेर वडाध्यक्षलाई आग्रह गरिन् ।

त्यसपछि वडाध्यक्ष झन ठूलो स्वरमा चर्कँदै वडाका अन्य सङ्क्रमितलाई यसअघि संस्थागत आइसोलेसनमा पठाइएकाले घरमा बस्न नपाइने भनेर झगडा गर्न थालेको सङ्क्रमितहरूले बताएका छन् । वडाध्यक्ष मियाँले समुदायमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर राजविराज वा नगरपालिकाले निर्णय गरेको आइसोलेशन केन्द्रमा राख्न खोजेको बताए । उनले सङ्क्रमण फैलिएमा सबैले आफैलाई दोष दिने भएकाले सावधानी अपनाउन यसो गर्नुपरेको जानकारी दिए ।

याे पनि पढ्नुस  एसियाको तेस्रो उच्च संक्रमित देश बन्यो भारत, आज मोदीले सम्बोधन गर्ने

नगरपालिकाले २५ बेडको आइसोलेशन बनाउने निर्णय गरे पनि हालसम्म सञ्चालनमा आएको छैन् र यसअघि सङ्क्रमित हुनेलाई अन्य स्थानीय तहका जसरी राजविराजको आइसोलेशन केन्द्रमा पठाउने गरिएको छ । राजविराजपछि पछिल्लो पटक तिलाठी कोइलाडी गाउँपालिका र कञ्चनरुप नगरपालिकामा भने आफ्नै आइसोलेशन केन्द्र सञ्चालनमा छ ।

 

कमेन्ट गर्नुहोस्