सैनिक जवानमाथि निर्घात कुटपिट

काठमाडौं : अफ्रिकी राष्ट्र कंगोमा शान्ति स्थापनार्थका लागि खटिएका एक जना नेपाली सैनिक जवानलाई क्याप्टेनले निर्घात कुटपिट गरेको घटनामा जङ्गी अड्डाले छानविन सुरु गरेको छ ।

तीजना क्याप्टेन (सहसेनानी) इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले जवान नवराज माझीलाई निर्घात रुपमा कुटपिट गरेका हुन् ।

याे पनि पढ्नुस  बोक्सीको आरोपमा महिलामाथि कुटपिट

मिसनमा खटिएका सैनिक जवानलाई ३ जना क्याप्टेन (सहसेनानी) ले कुटेको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार एक विज्ञप्ति जारी गरी घटनाप्रति मुख्यालयको ध्यानाकर्षण भएको जनाउँदै छानबिनको प्रकृया सुरु भईसकेको जनाएको छ । निर्देशनालयका अनुसार छानबिनका लागि जेष्ठ सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ समेत गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्