कैलालीमा सशस्त्र प्रहरी जवान मृत फेला

कैलाली: कैलालीको धनगढी-१४ स्थित खुटिया खोलामा सशस्त्र प्रहरीका जवान मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेतको लेकबेसी नगरपालिका घर भएका २१ वर्षीय कुमार सारु मगरको शव खोलामा फेला परेको सुदुरपश्चि प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेशकुमार सिंहले बताए ।

खोलामा टाउको बाहिर र जिउ भित्र भएको अवस्थामा स्थानीयले देखेपछि सशस्त्र प्रहरीको गोताखोरले उनको शव निकालेको थियो ।

याे पनि पढ्नुस  ड्यूटीमै रहेका बेला सम्पर्कविहिन बनेका प्रहरी जवान मृत फेला

शव पोष्टमार्टमको लागि सेती प्रादेशी अस्पताल धनगढीमा राखिएको छ । पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने एसएसपी सिंहले बताए । कुमार सारु बोर्डअर आउट पोष्ट बेस जुगेडा कैलालीमा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्