फेरि बढ्यो सुनको मूल्य

काठमाडौंः आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बजारमा सुनको मूल्य आज ९३ हजार ९ सय कायम भएको छ । यसअघि मंगलबार १७ सय रुपैयाँ, बुधबार १२ सय रुपैयाँ र बिहीबार पनि १२ सय रुपैयाँले घट्दै सुनको मूल्यमा लगातार ३ दिन गिरावट आएको थियो ।

याे पनि पढ्नुस  कोरोना भाइरसको प्रभाव सुनदेखि लसुनसम्म

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९३ हजार ९ सयमा कारोबार भइरहेको छ ।यस्तै आज तेजावी सुन तोलामा ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि आज प्रतितोला ४० रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।

याे पनि पढ्नुस  फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

कमेन्ट गर्नुहोस्