काठमाडौंमा कोठा हेर्न आएका व्यक्तिले चोरे महिलाको सिक्री!

काठमाडौं : भाडामा बस्नका लागि कोठा हेर्न बहानामा आएका दुईजनाले काठमाडौंको पेप्सिकोलामा एक महिलालाई लुटेका छन् ।

घरमा अन्य व्यक्ति नभएका वेला फ्ल्याट हेर्ने भन्दै आएका व्यक्तिले पवित्रा विडारी उप्रेतीको सिक्री लुटेका हुन् ।

महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार घरनजिकै रहेको सीसी टीभी फुटेजका आधारमा थप अनुसन्धान भइरहेको छ । फुटेजमा उनीहरु स्कुटरमा चढेर भागेको देखिएको छ ।

याे पनि पढ्नुस  खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट !

हतारमा उनीहरूले चप्पल पनि छाडेको प्रहरीले जनाएको छ । हालसम्म घटनामा संलग्न व्यक्ति पक्राउ परेका छैनन् ।

कमेन्ट गर्नुहोस्