पञ्जावद्वारा आरसीबीलाई २०७ रनको लक्ष्य, केएलले बनाए शतक

काठमाडौं : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) किंग्स इलावेन पञ्जाबले मा रोयल च्यालेन्जर्स बैंग्लोरलाई २ सय ७ रनको लक्ष्य दिएको छ ।

टस हाररेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन बनायो ।

याे पनि पढ्नुस  आइपीएल : दिल्लीले दियो चेन्नईलाई १७६ रनको लक्ष्य

एसका लागि कप्तान केएल राहुलले शानदार ब्याटिङ गरे । उनले ६९ बलमा १४ चौका र ७ छक्कासहित अविजित १३२ रन बनाए ।

आरसीबीका कप्तान विराट कोहलीले २ क्याच छुटाउँदा राहुलले शानदार पारी खेल्न पाए ।

त्यस्तै, मयंक अग्रवालले २६, निकोलश पूरनले १७ र करुन नायरले अविजित १५ रनको योगदान दिए ।

याे पनि पढ्नुस  आइपीएल अक्सनः जसन रोय दिल्ली क्यापिटल्समा आवद्ध

ब्लिङमा आरसीबी टिमका शिवम् दुबेले २ र युजवेन्द्र चहलले एक विकेट लिए

कमेन्ट गर्नुहोस्