काठमाडौं : आइपीएल २०२० को छैठौँ म्याचमा किंग्स इलावेन पञ्जाबविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले टस जितेर बलिङ रोजेको छ ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुँदैछ ।
जारी सिजनको आफ्नो पहिलो खेलमा पञ्जाबले दिल्ली क्यापिटल्सविरुद्ध ‘सुपर ओभर’मा हारको सामना गरेको छ ।
आरसीबीले भने सनराइजर्स हैदरावादलाई हराउँदै सिजनको सुखत सुरुवात गरेको छ । पञ्जाब विरुद्धको पछिल्ला पाँच म्याचमा आरसीबीले चार खेलमा जित हासिल गरेको छ ।
यो पटक पनि आरसीबीको नेतृत्व विराट कोहलीले गर्दैछन् । पञ्जाबमा भने आइपीएल २०२० मा कप्तान परिवर्तन भएका छन् । यो संस्करणमा पञ्जाबको नेतृत्व केएल राहुलले गर्दै छन् ।
आजको खेलमा पञ्जाबले प्लेइङ-११ मा दुई खेलाडी परिवर्तन गरेको छ । उसले क्रिस जोर्डन र कृष्णप्पा गौतमको स्थानमा जिमी नीशम र मुर्गन आश्विानलाई मौका दिएको छ ।
आज पनि पञ्जाबबाट आइपीएल खेलिरहेका क्रिस गेलले प्लेइङ-११ मा मौका पाउन सकेनन् । उनी पहिलो खेलमा पनि प्लेइङ सेटमा अटाएका थिएनन् ।
आरसीबीले भने आ पहिलो खेलकै प्लेइङ सेटलाई मैदान उतारेको छ ।
पञ्जाबको प्लेइङ- ११: केएल राहुल (कप्तान), मयंक अग्रवाल, करुण नायर, निकोल पूरन, ग्लेन म्याक्सवेल, सरफराज खान, मुर्गन आश्विन, जिमी नीशम, रवि विश्नोई, मोहम्मद शामी र सेल्डन कोट्रेल ।
आरसीबीको प्लेइङ ११ : देवदत्त पाडकल, आरोन फिन्च, विराट कोहली (कप्तान), एबी डिभिलियर्स, जोश फिलिप (विकेटकीपर), शिवम दुबे, वासिङटन सुन्दर, डेल स्टेन, उमेश यादव, नवदीप सैनी र युजवेन्द्र चहल ।