नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्यामा रेकर्ड

काठमाडौंः नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।

बिहीबार मृत्यु हुनेको संख्या हालसम्मकै बढी हो । यसअघि असोज ५ गते सोमबार १६ जनाको एकैदिन मृत्यु भएको थियो ।

याे पनि पढ्नुस  कोरोना संक्रमणको जोखिममा को ?

१२ वटा जिल्लाका ५ महिला र १२ पुरुष गरी १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा ८२ वर्षीया महिला, ७५, ७९ र ८० जना वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मोरङमा ५५ वर्षीया महिला, झापामा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीया महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षीय पुरुष, भक्तपुरमा ७३ वर्षीया महिला र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  ५ नं.मा सबैभन्दा धेरै संक्रमित, के छ अरु प्रदेशको अवस्था, कति छन् आइसोलेसनमा ? विस्तृतमा

यस्तै, धादिङमा ३२ वर्षीया महिला, तनहुँमा ३९, दाङमा ३९, कपिलवस्तुमा ५० र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा बिहीबार थप १४९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५० हजार ४११ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

याे पनि पढ्नुस  ३६ सङ्क्रमितले जिते कोरोना

पछिल्लो २४ घण्टामा ४५७ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ । बिहीबार देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन् ।

आज ५४ जिल्लामा संक्रमित थपिएका छन् ।

१४९७ संक्रमित थपिए, निको हुने ५० हजार नाघे

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्