दाहसंस्कार गरेको तीन दिनपछि कोरोना पोजेटिभ, तनावमा ५० मलामी

इनरुवाः सुनसरीको दुहवी नगरपालिकामा दाहसंस्कार गरिएको एक महिलाको कोरोना पोजेटिभ रिर्पोट आएको छ ।

दुहवीमा मृत्यु भएको ६२ वर्षिया महिलाको मृत्युको तीन दिन पछि रिर्पोट कोरोना पोजेटिभ भएको आएकाले मलामीहरु तनावमा परेका छन् । करिव ५० जना मलामी गएको र रिर्पोट पोजेटिभको खवरले तनाव भएको एक पुरुषले बताएका छन् ।

याे पनि पढ्नुस  काठमाडौंमा १ सहित आज ८ कोरोना संक्रमितको मृत्यु

कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलाको कोरोनाले मृत्यु भए पनि मृतकलाई र उनका आफन्तलाई तीन दिनसम्म थाहा नभएको बताइएको छ । कोशी अस्पतालका डा. ललित नायारायण चौधरीले महिलाको असोज ५ गते मृत्यु भएपछि स्वाव लिएको र परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको जानकारी दिए ।

याे पनि पढ्नुस  कोरोनाका कारण रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति

यता, दुहवी नगरपालिकाको स्वास्थ्य शाखाले भने यस विषयमा बेखबर रहेको प्रतिकृया दिएको छ ।

कमेन्ट गर्नुहोस्