कांग्रेस महामन्त्री डा. शशांक काेइरालाले जिते कोरोना

फाइल फोटो ।

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक काेइरालाले कोरोना कोरोना जितेका छन् ।

स्वाव परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

चिकित्सकको सल्लाह वमोजिम अब केही दिन होम आइसोलेशनमै रहने र त्यसपश्चात पार्टीको नियमित काममा फर्कने उनले जनाएका छन् ।

याे पनि पढ्नुस  ४८औं कोरोना संक्रमितः फागुन ३० मा साउदीबाट आए, काठमाडौं र उदयपुुर बसेर भोजपुर गए

कोइरालाले आफ्नो स्वास्थ अवस्थाबारे चासो, चिन्ता र शुभेच्छा, स्वास्थलाभको कामना गर्ने तथा उपचारमा संलग्न चिकित्सक टिमलाई धन्यवाद दिएका छन् ।

स्वास्थ्यमा क्रमिक सुधार आएसँगै चिकित्सकसँगको परामर्शमा उनी असोज ३ गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।

उनमा भदौ २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

याे पनि पढ्नुस  तीन कम्पनीका कोरोनाविरुद्धका खोप नेपालमा परीक्षण हुँदै

 

कमेन्ट गर्नुहोस्