नेपालमा फेरि लकडाउन हुने, स्वास्थ्य मन्त्रालयले गर्‍यो यस्तो निर्णय

काठमाडौंः नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार बढी पुगे फेरि लकडाउन हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्न सीसीएमसीलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने भएकाले मन्त्रालयले उक्त निर्णय गरेको गौतमले बताए ।

नेपालमा अहिले देशभरि १७ हजार ४१४ जनामा सक्रिय सङ्क्रमण छ । संक्रमित बढ्दै जाँदा र निको हुने संख्या घटेमा सक्रिय संक्रमितको संख्या २५ हजार बढी हुन दुई साता पनि नलाग्ने मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालय स्रोत भन्छ, ‘यहीँ अनुपातमा कोरोना संक्रमितको संख्या बढ्दै जाने हो भने लकडाउन घोषणा गर्नुपर्ने दिन टाढा छैन ।’

याे पनि पढ्नुस  डडेल्धुरा र बझाङमा २० जना संक्रमित थपिए

नेपालमा पछिल्लो समय निको हुने संख्या घट्दै गइरहेको छ भने संक्रमित संख्या बढ्दैछ । मुख्य शहरमा कोरोना तीव्र गतिमा फैलिँदै गइरहेको छ । जसका कारण तत्काल कोरोना नियन्त्रण चुनौंतीपूर्ण रहेको जानकारहरू बताउँछन् ।

मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

यस्तै बुधबार १८९३ जना निको भएसँगैं हालसम्म ४९ हजार ९ सय ५४ जना निको भएर घर गइसकेका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ । सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा छन् । त्यसमा पनि काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या बढी छ । देशभर गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् ।

याे पनि पढ्नुस  गोदाममा थन्‍कियो ७५ हजार थान परीक्षण किट

पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

बुधबार काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौंमा ४९२ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको छ ।

याे पनि पढ्नुस  आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १८ हजार ५७४ पुगेको छ । काठमाडौंमा मात्रै अहिलेसम्म १५,००० भन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १५ हजार १५७, ललितपुरमा १ हजार ७३३ र भक्तपुरमा १ हजार ८५ संक्रमित पुगेका छन् ।

पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ । दैनिक ५ सय बढी संक्रमित उपत्यकामा मात्रै थपिने गरेका छन् । उपत्यकामा असोज २ गते सबैभन्दा बढी ८५९ जना संक्रमित थपिएका थिए ।

सम्बन्धित समाचारः
काठमाडौं उपत्यकामा कोरोना बढेको बढ्यै
आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)
११७२ संक्रमित थपिँदा १८९३ जना निको भए, ७ को मृत्यु

 

कमेन्ट गर्नुहोस्