काठमाडौं उपत्यकामा कोरोना बढेको बढ्यै

काठमाडौंः काठमाडौं उपत्यकामा बुधबार थप ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकाको काठमाडौंमा ४९२ जना, भक्तपुरमा ९५ जना र ललितपुरमा ५० जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै उपत्यकामा कोराना संक्रमितको संख्या १८ हजार ५७४ पुगेको छ । काठमाडौंमा मात्रै अहिलेसम्म १५,००० भन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १५ हजार १५७, ललितपुरमा १ हजार ७३३ र भक्तपुरमा १ हजार ८५ संक्रमित पुगेका छन् ।

याे पनि पढ्नुस  भारतमा फेरि ह्वात्तै बढ्यो कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा थप ११७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

यस्तै बुधबार १८९३ जना निको भएसँगैं हालसम्म ४९ हजार ९ सय ५४ जना निको भएर घर गइसकेका छन् । अहिले देशभरि १७ हजार ४१४ जनामा सक्रिय सङ्क्रमण छ ।

याे पनि पढ्नुस  कोरोनाबाट भियतनाममा पहिलोपटक १ जनाको मृत्यु

सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा छन् । त्यसमा पनि काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या बढी छ ।

पछिल्लो समय काठमाडौं उपत्यका कोरोनाको हटस्पट बनेको छ । दैनिक ५ सय बढी संक्रमित उपत्यकामा मात्रै थपिने गरेका छन् । उपत्यकामा असोज २ गते सबैभन्दा बढी ८५९ जना संक्रमित थपिएका थिए ।

देशभर गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार, सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० पुगे बन्दाबन्दी गर्न सीसीएमसीले सिफारिस गरिएको छ ।

याे पनि पढ्नुस  विश्वमा कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, राष्ट्र संघ प्रमुखले गरे मार्मिक अपील

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

तीमध्ये काठमाडौंका दुई जना र ललितपुरका एक जना छन् ।

आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

कमेन्ट गर्नुहोस्