आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न मुख्यमन्त्री राउतको माग

काठमाडौंः प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गरेका छन् ।

राउतले संघीय सरकारलाई पत्राचार गर्दै आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्न माग गरेका हुन् ।

मुख्यमन्त्री राउतले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखेको पत्रमा कोरोना संक्रमण, थ्रेसहोल्डको विवाद र सर्वोच्च अदालतमा विचाराधिन रहेको मुद्दालाई ध्यानमा राख्दै निर्वाचन स्थगित गर्न माग गरेका छन् ।

याे पनि पढ्नुस  धैर्य गर्नुहोस्, अर्को निर्वाचनपछि पद छोडिदिन्छुः प्रधानमन्त्री ओली

सरकारले असोज २४ गते निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन निर्वाचन गर्ने तयारी गरेको छ ।

मनोनयनको दिनसम्म एकता हुनेमा आशावादी छौ– राजेन्द्र राना (राजु)

कमेन्ट गर्नुहोस्