कोरोनाबाट कैदीबन्दीको मृत्यु

बाँकेः कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एक कैदीबन्दीको मृत्यु भएको छ ।

भेरी अस्पतालमा उपचाररत सुर्खेतको गुर्भाकोट नगरपालिका–४, सहारे निवासी ५८ बर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । मृतकमा दम र श्वास प्रश्वासको गम्भिर समस्या थियो ।

याे पनि पढ्नुस  नेपालमा आज ४३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार नाघ्यो

सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उनलाई प्रदेश अस्पताल सुर्खेतले थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको थियो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । जसमध्ये ४ जना जिल्ला बाहिरका हुन् ।

कमेन्ट गर्नुहोस्