ग्राहक बनेर उद्योगमन्त्री भट्ट प्याज किन्न गएपछि…

काठमाडौंः प्याजमा कालोबजारी तथा मूल्य बढेको गुनासोपछि उद्यागेमन्त्री लेखराज भट्टले काठमाडौंका होलसेल तथा खुद्रा तरकारी बजारको अनुगमन गरेका छन् ।

बुधबार बिहानै उपभोक्ताको रुपमा भट्ट राजधानी काठमाडौंका लगनखेलस्थित कृषि तथा तरकारी बजार, बल्खु र कालीमाटी बजार पुगे । सो क्रममा भट्टले चारभन्दा बढी पसलबाट प्याज किने । मुखमा मास्क र नजिकै सुरक्षाकर्मी नहुँदा भट्टलाई व्यापारीले चिनेनन् ।

सो क्रममा ४८ रुपैयाँमा किनेको प्याजमा मन्त्री भट्टसँग व्यापरीले १२० रुपैयाँसम्म व्यापारीले लिए ।

याे पनि पढ्नुस  पूर्वएमालेका कारण एकतामा ढिलाई, विप्लवलाई सम्झिरहेको छुः लेखराज भट्ट (भिडियो)

बजारमा पर्याप्त उपलब्ध प्याज एकाएक अभाव भएको सूचना पुगेपछि छड्के अनुगमन गर्न मन्त्री भट्ट त्यहाँ पुगेक थिए । प्याज महँगोमा व्यापारीले बेचेको पाइएपछि प्रहरीले बरामद गरेको थियो ।

स्वकीय सचिव हितेश ओझाका अनुसार मन्त्री भट्टले बुधबार बिहान बल्खुका ७ वटा पसलमा प्याजको मूल्य अनुगमन गरेका थिए । ति पसलहरुमा अघिल्लो दिनसम्म ७५ रुपैयाँ बेचिएको प्याज एक सय १० रुपैयाँमा बिक्री भइरहेको पाइएको थियो ।

प्याज लुकाएको, बढी मूल्यमा बिक्री गरेकोजस्ता कैफियत पाइएपछि ७ वटा पसल सिल गरिएको र आवश्यक कारबाहीका लागि वाणिज्य विभागको जिम्मा लगाइएको ओझाले जानकारी दिए । प्याज लुकाउन प्रयोग भएको एउटा पिक–अप भ्यानलाई नियन्त्रणमा लिइएको छ ।

याे पनि पढ्नुस  आकासियो प्याजको भाउ

बुधबार बिहान ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई पक्राउ गरिएको थियो ।

सम्बन्धित समाचारः ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ

प्याजको मूल्यमा बृद्धि हुन थालेपछि भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा मंगलबार प्रतिबन्ध लगाएको थियो । आदेशपछि सुनौली सीमामा प्याज बोकेर आएका सबै ट्रकको प्रवेशमा प्रतिबन्ध लगाउँदै सबैलाई फर्काइएको थियो ।

याे पनि पढ्नुस  उखु किसानका समस्याबारे स्थलगत निरिक्षण गर्न वीरगञ्ज पुगे उद्योगमन्त्री भट्ट

सम्बन्धित समाचारः भारतद्वारा नेपालमा प्याज निर्यात गर्न प्रतिबन्ध, सुनौलीबाट फर्काइए प्याज बोकेका ट्रक

भारतले निर्यात रोकेको भन्दै व्यापारीले प्याजको मूल्य बढाएका छन् । मंगलबार बिहान प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा पाइने प्याज बुधबार बिहान १३० रुपैयाँ पुर्याइएको छ ।

 

कमेन्ट गर्नुहोस्