सिन्धुपाल्चोकमा फेरि भूकम्पको धक्का

काठमाडौं  : सिन्धुपाल्चोक केन्द्रविन्दु भएर बुधबार बिहान पुनः अर्को भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चेलाई नै केन्द्रविन्दु बनाएको अर्को सानो भूकम्प गएको हो ।

बुधबार बिहान ६ बजेर १० मिनेट जाँदा ३.८ म्याग्निच्यूडको अर्को भ्रकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  सुदूरपश्चिममा भूकम्पको धक्का

बुधबार बिहान ५ः१९ बजे सोही केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको गएको थियो ।

कमेन्ट गर्नुहोस्