काठमाडौं : पूर्वप्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ ।
काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा उनको मंगलबार बेलुकी ७ः३० बजे एक सय वर्षको उमेरमा निधन भएको हो । चिकित्सकका अनुसार निमोनियाका कारण उनको निधन भएको हो ।
वि.सं. २००३ सालमा झापा गोश्वाराको हाकिम भइ सरकारी सेवामा प्रवेश गरेका उनले २००४ सालदेखि २०११ सालसम्म झापा, दाङ, तौलिहवा र पाल्पाको बडाहाकिम भई काम गरेका थिए । उनी २०१२ सालमा शाही सल्लाहकारमा मनोनयन पनि भएका थिए ।
त्यसपछि २०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि प्रधान न्यायाधीशका रुपमा अनिरुद्र प्रसाद सिंहले तीन वर्षसम्म न्यायालयको नेतृत्व गरेका थिए ।