प्रहरीमा आयो कडा नियमः विपरितलिङ्गीलाई धाप मारे कार्वाही हुने

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले संगठनमा कार्यरत सबै दर्जाका लागि लागू हुने गरी पहिलो पटक एकीकृत आचारसंहिता जारी गरेको छ । संगठनभित्र अनुशासनहीन गतिविधि नियन्त्रण र मर्यादित एवं व्यवसायिक आचरण कायम गराउन भन्दै‘नेपाल प्रहरीका कर्मचारीहरुले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धि कार्यादेश–२०७७’ल्याइएको हो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एआइजी प्रद्युम्न कार्की अध्यक्ष रहेको तथा एसएसपी मुकुन्द आचार्य, एसपीहरु भूपेन्द्र खत्री, शिवकुमार श्रेष्ठ र राजन अधिकारी तथा डीएसपीद्वय गोविन्द थापा क्षेत्री र निर्मल बूढाथोकी सदस्य रहेको समितिले कार्यदेशको मस्यौदा बनाएको थियो । त्यही मस्यौदा प्रहरी महानिरीक्षकले कार्यादेशको रुपमा जारी गरेका हुन् । प्रहरी नियमावली २०७१ को नियम १ सय ९६ मा प्रहरी महानिरीक्षकले आवश्यक ठानेमा आन्तरिक कार्यविधि वा आचारसंहिता लागू गर्न सक्ने व्यवस्था छ ।

याे पनि पढ्नुस  कुन्दनको हत्या होइन, आत्महत्या नै होः प्रहरी

 

हालै जारी गरिएको कार्यादेशअनुसार सबै दर्जाका प्रहरीले आफ्ना विपरित लिंगीका प्रहरीलाई गलत मनसायले छुने, स्पर्श गर्ने, धाप मार्नेलगायतका गतिविधि गर्न पाउने छैनन् । अनुमति बिना विदेशीसँग भेटघाट गर्न पाइने छैन । अनुमति बिना विदेशी कूटनीतिक नियोग, कूटनीतिज्ञ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका व्यक्तिसँग भेट गरेको पाइए कारबाहीको भागिदार हुनु पर्ने व्यवस्था गरिएको छ । यस्तै अनुमति बिना सञ्चारमाध्यममा लेख रचना तथा विचार प्रकट गर्न पनि पाइने छैन । राजनीतिक आस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा असर पुग्ने, राष्ट्रिय सुरक्षा र राष्ट्रिय हित विपरित हुनेलगायत संगठनले निषेध गरेका धारणा तथा अभिमतमा प्रतिक्रिया, लाइकजस्ता कृयाकलाप गर्न पाइने छैन ।

याे पनि पढ्नुस  नेपाल प्रहरीका १६ एसएसपीको सरुवा, १९ को पदस्थापन (नामसहित)

जातिरभाषा, लिंग, सम्प्रदाय, धर्म, शारिरिक बनावट विशेषका आधारमा कसैलाई होच्याउन वा मानमर्दन गर्न पाइने छैन । सेवाग्राहीसँग आग्रहरपूर्वाग्रह राखेर व्यवहार वा कार्यसम्पादन गर्न पाइने छैन । शिष्ट, सभ्य र विनम्र भएर सेवाग्राहीसँग व्यवहार गर्नुपर्ने छ । सेवाका क्रममा महिलारबालबालिका तथा जेष्ठ नागरिक र फरक क्षमता भएकालाई पहिलो प्राथमिकतामा राख्नु पर्नेछ । प्रहरीले आफ्नो पदीय जिम्मेवारी र दायित्वसँग असम्बन्धित कार्यक्रममा सहभागी हुन, सम्बोधन गर्न वा मन्तव्य दिन वा टिकाटिप्पणी गर्न पाइने छैन । यस्तै, सञ्चार माध्यममा सूचना चुहाउन, सम्प्रेषण गर्न वा व्यक्तिगत लोकप्रियताका लागि सञ्चार माध्यमको प्रयोग गर्न पनि कार्यादेशले निषेध गरेको छ ।

याे पनि पढ्नुस  नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई

यसअघि प्रहरीमा सेवा समूह र कार्यालयपिच्छेका आचारसंहिता लागू भएका थिए । पछिल्लोपटक आएको यो कार्यदेशरआचार संहिताले साधारण, स्वास्थ्य, इन्जिनियरिङलगायत सबै समूहलाई प्रतिनिधित्व गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कान्तिपुर दैनिकबाट साभार

कमेन्ट गर्नुहोस्