बिहानै काठमाडौंमा भूकम्पको ठूलो धम्का

काठमाडौंः बुधबार बिहानै काठमाडौंमा भूकम्पको धम्का महसुस गरिएको छ ।

बुधबार  बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भइ ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकालगायतका अन्य ठाउँहरूमा पनि महसुस गरिएको छ । चितवनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।

याे पनि पढ्नुस  थाइल्याण्डमा भूकम्प

भूकम्प गएपछि मानिहरू सडकमा निस्किएका थिए ।

क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन ।

कमेन्ट गर्नुहोस्