करेन्ट लागेर दाङमा ३ बालबालिकाको मृत्यु

तुलसीपुर : दाङमा करेन्ट लागेर तीन बालबालिकाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी सुमित खड्काका अनुसार ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका १० उत्तरअम्राईका आठ वर्षीय प्रशान्त चौधरी, चार वर्षीया रेणुका चौधरी र तीन वर्षीय अमृत चौधरी रहेका छन् ।

याे पनि पढ्नुस  विश्व रेकर्ड तोड्ने दौडमा दाङका ऋषि, दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’

पानी तान्न कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट प्रवाह भएर आज दिउँसो साढे १ बजे उनीहरूको मृत्यु भएको हो । ‘कुलो नजिकैको एक घरमा आज १३ औं दिनको पुण्यतिथीको कार्यक्रम रहेछ, त्यो घरमा कुलोबाट पानी तानिएको रहेछ र करेन्ट लिक भएछ,’ डिएसपी खड्काले भने, सधैं जस्तो पौडी खेल्न जाने बालबालिकालाई करेन्ट लाग्यो ।’

याे पनि पढ्नुस  जरायोको सुकुटी खान फेसबुकबाट निम्ता दिने समातिए

ती बालबालिकाका शवलाई पोष्टमार्टम गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

कमेन्ट गर्नुहोस्