भीमसेन थापाका भाइको घर नभत्काउन आदेश

काठमाडौं : सर्वोच्च अदालतले मुख्तियार भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को काठमाडौंको लगनस्थित पुरातात्विक महत्वको घर नभत्काउन आदेश जारी गरेको छ ।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले २ सय वर्ष पुरानो शिलखाना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा विपक्षीलाई बाटाको म्यादबाहेक १५ दिनभित्र प्रमाण भए प्रमाणसहित उपस्थित हुन भनिएको छ ।

याे पनि पढ्नुस  सर्वोच्च अदालतमा इजालस १२ बजेपछि

जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, काठमाडौं महानगरपालिका, प्रधान सेनापतिको कार्यालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिका २१ नम्बर वडा कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका थिए ।

याे पनि पढ्नुस  निजगढ विमानस्थलको काम तत्काल अघि नबढाउन सर्वोच्चको आदेश

सर्वोच्चको आदेशमा ‘पेशी तोकिएको अवधिसम्मका लागि निवेदनमा सिलखाना क्षेत्रमा कुनै किसिमको निर्माणकार्य लगायत स्वरुप बिगार्ने, भग्नावशेष हटाउने कार्यसमेत नगरी सुरक्षित राख्नु/राख्न लगाउनू’ भनिएको छ ।

कमेन्ट गर्नुहोस्