काठमाडौं । अमेरिकाले चीनबाट आयात हुने कतिपय बस्तुमा फेरि प्रतिबन्ध लगाएको छ ।
चीनले बलपूर्वक मजदुरी गराएर सामान उत्पादन गरेको भन्दै अमेकिारले त्यहाँबाट चीनमा आयात हुने कटन, हेयर प्रोडक्ट, कम्प्युटरका भाग तथा केही टेक्सटाइलमा प्रतिबन्ध लगाएको हो ।
अमेरिकाले चीनको शिनजियाङ प्रान्तमा बसोबास गर्ने उइगर समुदायका मानिसबाट जबर्जस्ती मजदूरी गरेर बनाइएका उत्पादन ल्याउन प्रतिबन्ध लगाएको जनाएको छ ।
उइगर मुस्लिमहरुको मानवाधिकार हनन भएको विषय अमेरिकाले उठाउँदै आएको छ । अमेरिकी विदेश विभागका अनुसार, विभागले एक नयाँ वेभसाइट बनाउँदै अल्पसंख्यक समुदायविरुद्ध चिनियाँ कम्युनिष्ट पार्टीले गरेका अत्याचार सार्वजनिक गर्ने बताएको छ ।
चीनले भने उइगर तथा अन्य अल्पसंख्यकहरुको अधिकारको रक्षाका लागि कटिबद्ध भएको र दावी गरिएजस्तो मानवाधिकार हनन नभएको बताउँदै आएको छ ।
यसअघि चीनका लागि अमेरिकी राजदूत पदत्यागको घोषणा गरेका थिए । चीन र अमेरिकाबीच हालका दिनमा तनाव निकै चुलिएको छ ।