क्रान्तिप्रति उच्च निष्ठा र प्रचण्डका विश्वासिला थिए पोष्टबहादुर

काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी धारप्रति प्रतिबद्ध नेता पोष्ट बहादुर बोगटीको आज छैठौं स्मृति दिवस हो ।

सरल र वैचारिक नेताका रुपमा परिचित पोष्ट बहादुर बोगटी ६१ वर्षकै उमेरमा बित्नुभएको थियो ।

मस्तिष्कघात र हृदयघात भएपछि उपचारमा रहेको बेला उनको निधन भएको थियो ।

नेपालमा माओवादी आन्दोलनभित्र पोष्ट बहादुर बोगटीलाई निकै उच्च सम्मानका साथ लिइन्छ । नुवाकोट जिल्ला तुप्चे गाविस–२ को भित्रिनिटार गाउँमा २०१० सालमा बुवा भैरवबहादुर बोगटी र आमा लेखकुमारी बोगटीको कोखबाट जन्मिनुभएका बोगटी एमाओवादीको सातौं महाधिवेशनबाट महासचिव भएका थिए भने विराटनगर राष्ट्रिय भएको पदाधिकारी चयनमा उपाध्यक्षमा शतप्रतिशत मत प्राप्त गरेका थिए । पञ्चायतकालदेखि नै वाम राजनीतिमा लागेका बोगटीले केही सयम नुवाकोट भाल्चेस्थित भेडा फर्ममा सरकारी जागिर समेत गरेका थिए ।

बोगटीले अध्यक्ष प्रचण्डलाई हरेक कालखण्डमा साथ दिए । उनीहरुबीच वैचारिक बुझाई र कार्यशैलीमा पनि समानता थियो । बिडम्बना नै भनौं, बोगटीले जनयुद्दका क्रममा आफ्ना एकमात्र छोरा गुमाएका थिए भने अध्यक्ष प्रचण्डले पनि यही पीडा भोेग्नुपर्यो । बोगटीका एक छोरा र दुई छोरी मध्ये छोरा रवि बोगटी विद्यार्थी राजनीतिमा सक्रिय रहेका बेला २०५८ सालमा धादिङको सत्यदेविमा तत्कालिन शाही नेपाली सेनाले हत्या गरेको थियो ।

२०६४ सालमा भएको संविधानसभाको निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर ३ बाट विजयी भएका वोगटी संविधानसभा सदस्य हुँदै एमाओवादीको तर्फबाट संविधानसभामा प्रमुख सचेतक भए । वोगटीले खनाल नेतृत्वको सरकार हुँदा सञ्चार मन्त्रालय, डा।बाबुराम भट्टराई नेतृत्वको सरकारमा उर्जा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका थिए ।

नुवाकोटको ३ बाट प्रत्यक्ष निर्वाचन जितेका भएको बोगटी नुवाकोट तुप्चेका वोगटीले आफ्नो घरर जग्गा जमिन चण्डेश्वरी माध्ययमिक विद्यालयालई चन्दा दिएर ०५२ सालमा जनयुद्ध थालनीसँगै सपरिवार भूमिगत भएका थिए ।

कक्षा ८ सम्म मात्र अनौपचारिक शिक्षा हासिल गरेका बोगटी पार्टी भित्र सहकारी र समाजवादको ज्ञाता मानिन्थे ।

बुबाको प्रेरणाबाट समाजसेवी हुँदै राजनीतिमा प्रवेश गरेका बोगटी सरल, मिलनसार स्वभावका थिए ।

बोगटीकी श्रीमती राममाया बोगटी संघीय जनसम्पर्क मध्य जिल्ला संगठन समितिको सदस्य एवं अनेम संघ क्रान्तिकारी जिल्ला संयोजक तथा नुवाकोट काठमाडौ संघीय जनसम्पर्क मञ्चको अध्यक्ष छिन् । बोगटीका परिवार जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय हुँदै आएको थियो ।

समाजसेवीको छवि भएका बोगटीको २०३५ सालमा राजनीतिक यात्रा सुरु गरेका थिए । २०३४ सालमा पुष्पलाल समूहमा संगठित भई २०३७ सालमा संयुक्त चौममा आबद्ध भए वोगटी । पुष्पलाल समूहले २०३५/२०३६ सालको आन्दोलनमा धोका दिएको भन्दै पुष्पलाल समूह छाडेर संयुक्त चौममा लागे ।

२०४४ सालतिर अखिल नेपाल किसान संघको अध्यक्ष भएर देशमा किसान आन्दोलनको नेतृत्व गर्नुभएकाले वोगटीकै निर्देशनमा वारा, पर्सा, रौतहट लगायत तराईका जिल्ला र पहाडमा समेत किसानहरुको आन्दोलन अघि बढेको थियो । २०४० सालमा मशालको जिल्ला सेक्रेटरी हुनभएका वोगटी २०४३ मंसीरमा क्षेत्रीय व्यूरो सदस्य, २०४४ मा केन्द्रीय सदस्य, २०४८ मा कर्णाली इन्चार्ज, यसपछि भेरी कर्णाली उपव्यूरोको इन्चार्ज, २०५३ सालमा पश्चिम व्यूरो संगठनको इन्चार्ज हुँदैं पार्टी स्थायी समिति सदस्यका रुपमा जिम्मेवारी निर्वाह गरेका थिए ।

शान्ति प्रक्रियामा आउँदा समेत उनले पश्चिम कमाण्डको इन्चार्ज रही जिम्मेवारी सम्हालेका थिए । एमाओवादी बहुपदमा गएपछि पार्टीको सचिवको भुमिका निर्वाह गरे । २०६९ सालमा हेटौडामा सम्पन्न एमाओवादीको एकताको सातौ राष्ट्रिय महाधिवेशनमा वोगटी पार्टीको महासचिवमा सर्वसम्मत चयन भएका थिए ।

नुवाकोट जिल्लाका नेता प्रकाशचन्द्र लोहनीसँग राजनीतिक टकराव बढेपछि उनलाई २०४० मा ज्यानमार्ने उद्योग मुद्दामा करिव एक महिना जेल हालिएको थिइो । वोगटी २०४२ सालमा भएको बम काण्डमा पनि पक्राउ परेका थिए ।

स्कूल र क्याम्पसको औपचारिक अध्ययन धेरै नभएपनि बोगटीले आध्यात्मिक, द्धन्द्धवात्मक भौतिकवाद, दर्शन, राजनीति, जीवनी, साहित्य, इतिहासलगायत असंख्य पुस्तकको अध्ययन गरेका थिए । बोगटीले औपचारिक शिक्षा घर नजिकै रहेको चण्डेश्वरी प्राथमिक विद्यालयमा हासिल गरेका थिए ।

कमेन्ट गर्नुहोस्