अमेरिकाको क्यालिफोर्नियामा नेपाली युवकको मृत्यु

क्यालिफोर्निया : कोरोना संक्रमणबाट संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा एक नेपालीमूलक युवाको मृत्यु भएको छ ।

स्थानीय कन्ट्राकोष्टा काउन्टीको एलसेरिटो सिटीमा परिवारसहित बस्दै आएका हेमकुमार चौहानको सोही ठाउँको एक अस्पतालमा मृत्यु भएको हो ।

स्थानीय नेपाली समुदाय ‘नर्दन क्यालिफोर्निया कम्युनिटी’ बाट प्राप्त जानकारीअनुसार स्वास्थ्यमा समस्या आएपछि केहीदिन पहिला कन्ट्राकोष्टा काउंटीस्थित काइजर अस्पतालमा भर्ना भएका निज चौहानको आज बिहान मृत्यु भएको हो ।

याे पनि पढ्नुस  करोडौं खर्चेर अमेरिका पुगेका ५ नेपालीलाई अमेरिकाले विमान चार्टर गरेर नेपाल फर्कायो!

रेस्पिरेसन सिस्टममा गडबढी देखिएपछि अस्पतालले उनको कोभिड-१९ टेस्ट गरेको र रिपोर्ट पोजिटिभ आएपछि निजलाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेकैबीच आज ज्यान गएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्