बिग बोस–१४ को घोषणा, ३ अक्टुबरमा प्रिमियर

नयाँ दिल्ली । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को यो वर्षको सिजन शुरु हुने घोषणा गरिएको छ ।

कोरोना महामारीकै बीच बिग बोस शुरु हुन थालेको हो ।

कलर्स टेलिभिजनका तर्फबाट दिइएको जानकारी अनुसार, आगामी अक्टुबर ३ तारिखका दिन कार्यक्रमको प्रिमियिर हुन गइरहेको छ ।

कलर्सले तालिका सार्वजनिक गर्दै बिग बोस–१४ को प्रोमो समेत सार्वजनिक गरेको हो । अहिलेसम्म थीमका बारेमा केही सार्वजनिक गरिएको छैन । तर प्रोमोको ट्यागलाइनमा भने “अब २०२० का हरेक समस्या चकनाचुर गर्ने समय आइसकेको छ ।” भनिएको छ ।

प्रोमोमा सलमान खान देखिएका छन् । उनको मुखमा मास्क र हातमा सिक्रीले बाँधेको देखिन्छ । अनि सलमान खानले मास्क निकाले सिक्री चुँडालेका छन् ।

प्रोमोमा हरेक दृश्य उल्टो भनिएको छ । त्यसैले यसलाई जोडेर पनि केही नयाँ हुनसक्ने अनुमान गरिएको छ ।

कमेन्ट गर्नुहोस्