Institute Of Cost And Management Accountant Of London का अनुशार “प्रयोग वा समय व्यतित भएको कारणबाट सम्पतिको आन्तरिक मुल्यमा हुने कमि नै ह्रासकट्टी हो |”
कुनै पनि व्यवशायिक संगठनले व्यवशायलाई निरन्तर र निर्वाधरुपमा संचालन गर्नको लागि स्थिर र चल सम्पत्तिमा लगानी गर्नुपर्ने हुन्छ | जग्गा, भवन, मेसिनरी, उपकरणहरु, सवारी साधान, फर्निचर आदि स्थिर सम्पतिका उदाहरणहरु हुन्, जसको जिबंकाल प्राय:एक बर्षभन्दा बढी हुन्छ | यस्ता सम्पतिहरु बारम्बार प्रयोग गर्दै जादा मुल्यमा पनि क्रमिक रुपमा कमि हुदै जान्छ | यसरि स्थिर सम्पत्तिको नियमित प्रयोगबाट मुल्यमा आउने क्रमिक ह्रास लाई नै मुल्य ह्रास भनिन्छ | उदाहरणको लागि, गत बर्ष रु १ लाखमा खरिद गरिएको मेसिनरिको मूल्य ९० हजार हुन गएको छ भने मुल्यमा आएको कमि १० हजारलाई मूल्य ह्रास भनिन्छ | सम्पत्तिको मुल्यमा कमि आउने मुख्य कारण हरु सम्पतिको प्रयोग, टुटफुट, अप्रचलन आदि हुन् | यसरि स्थिर सम्पतिको मुल्य घट्ने प्रक्रियालाई नै मूल्य ह्रास भनिन्छ |
### ह्राशकट्टी गर्ने तरिकाहरु###
▶[क] स्थिर ह्रास प्रणाली:
स्थिर ह्रास प्रणाली अन्तर्गत ह्राशकट्टी गर्दा ह्राशकट्टी दर दियिएको अवस्थामा स्थिर सम्पत्तिको मूल्यलाई ह्राशकट्टी दरले गुणन गरेर रकम पट्ट लगाइन्छ |
▶[ख]घट्दो ह्रास प्रणाली :
यस प्रणालीमा हरेक वर्ष वार्षिक मुल्यह्रास रकम घट्दै जान्छ र कहिल्यै पनि अन्तिम मुल्य सुन्य बराबर हुदैन | घटेको मुल्यको आधारमा मूल्य ह्रास निर्धारण गर्न प्रयोग विधि घट्दो ह्रास प्रणाली विधि हो | अर्को सब्दमा सुरुको वर्षमा सुरुको मूल्यलाई आधार र त्यसपछिको क्रमिक वर्षहरुमा अघिल्लो वर्षको बाँकी भएको रकमको आधारमा ह्रासकट्टा गर्दै लगिने विधिलाई घट्दो ह्रास प्रणाली भनिन्छ |
▶[ग] वार्षिक वृत्ति विधि :
यस विधि अन्तर्गत सम्पतिको खरिदमा लगाईएको पुजिमा एक निश्चित प्रतिशतले ब्याजको हिसाब गरि ह्रास रकम घटाईन्छ | वार्षिक विधि अन्तर्गत सम्पतिको जीवन अवधिमा ह्रासकट्टा गरिएको कुल रकम बराबर सम्पत्तिको खुद लागत र घट्दो मौज्दातमा गणना गरिएको ब्याजको जोड हुन्छ | यो विधि खास गरि लामो समयावधिको लागि अधिग्रहण गरिने सम्पत्ति वा खानिहरुमा प्रयोग गरिन्छ | मेसिनरी तथा फर्निचरहरु जसमा समय समयमा थपघट गरिन्छ, त्यस्ता सम्पत्तिहरुमा प्राय: यो विधि अपनाईदैन | साथै यसबाट ह्रास रकम निर्धारण गर्न ज्यादै कठिन हुन्छ | यसैले यस विधि अन्तर्गत ह्रास रकम निकाल्न वृति तालिका को प्रयोग गर्नु पर्दछ |
▶[घ] ह्रास कोष विधि :
प्रत्येक सम्पतिको निश्चित आयु हुन्छ र सो आयु पछी सो सम्पतीले काम दिदैन त्यसपछि अर्को नयाँ सम्पतिको आवस्यकता पर्दछ | नयाँ सम्पतिको व्यवस्था गर्ने बेलामा पर्याप्त पूजीको व्यवस्था गर्नुपर्ने हुन्छ | यस स्थितिमा क्रियाशील पुजिमा नराम्रो प्रभाव पर्न सक्दछ | त्यसैले यसप्रकारको आर्थिक संकटबाट बच्न कुनै कुनै ब्यवशायिले ह्राश कोषको व्यवस्था गरेका हुन्छन | यसैलाई ह्रास कोष विधि भनिन्छ |
▶[ङ] बिमा प्रलेख विधि :
बिमा प्रलेख विधि अन्तर्गत ब्यवशायको स्थाई सम्पतिमा कट्टा गरिएको रकम एक कोषमा जम्मा गरिन्छ उक्त सम्पत्ति बदल्नका लागि रकम प्राप्त गर्न सो कोषबाट विमा प्रलेख लिईन्छ | सम्पत्ति उपयोग अवधिभर तिरेको प्रब्याज बाट सम्पत्ति काम नलाग्ने भएपछी बिमा प्रलेखबाट प्राप्त रकम सम्पत्ति बदल्नका लागि प्रयोग गरिन्छ |
▶[च] बर्षहरुको योग विधि :
कुनै पनि बर्षको ह्रास रकम निर्धारण गर्न सो वर्षसहित उपयोग गर्न बाकि रहेका वर्षहरुको कुल योगमा सम्बन्धित वर्षको अनुपात प्रयोग गरिने विधिलाई वर्षहरुको योग संख्या विधि भनिन्छ |
▶[छ] मेसिन घण्टा विधि :
यो विधि अन्तर्गत ह्रास रकमको निर्धारण मेसिन चालु रहेको घन्टामा निर्धारण गरिन्छ | यसैले यसमा सर्वप्रथम सम्पतिको आयु त्यसको उपयोग गरिने घन्टाको आधारमा निर्धारण गरिन्छ | त्यसपछि मेसिन उपयोग भएको घण्टा निकालेर ह्रास रकम निर्धारण गरिन्छ |
▶[ज] पुनर्मूल्यांकन विधि :
वर्षको अन्त्यमा वा वासलात तयार पार्ने समयमा सम्पतिहरुको पुन:मुल्यांकन गरि ह्रास निर्धारण गर्ने विधिलाई पुनमुल्यांकन विधि भनिन्छ | यसमा सुरुको मूल्य र पुन:मुल्यांकन गर्दा बिचको फरक रकम नै ह्रासकट्टा गर्ने रकम हो |
####प्रस्तुति:ज्ञानसागर###