अष्ट्रेलियाद्वारा इंग्ल्याण्डलाई २९५ रनको लक्ष्य, म्याक्सवेल र मार्शको उत्कृष्ट ब्याटिङ

काठमाडौं : एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा पाहुना टोली अष्ट्रेलियाले इंग्ल्याण्डलाई २ सय ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय ९५ रन बनायो ।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४ चौका र ४ छक्कासहित ५९ बलमा ७७ रन बनाए । त्यस्तै, मिचेल मार्शले ७३, र्माकस स्टोइनिसले ४३, कप्तान आरोन फिन्चले १६, मार्नस लाबुसेनले २१, एलेक्स क्यारीले १०, प्याट कमिन्सले ९, डेविड वार्नरले ६ र मिचेल स्टार्कले अविजित १९ रन बनाए ।

याे पनि पढ्नुस  बीबीएलः मेलबर्नको सातौं म्याच आज, प्लेइङ ११ मा सन्दीप सम्भावना कति?

बलिङमा जोफ्रा आर्चर, मार्क उडले ३/३, आदिर रसिदले २ र क्रिस वक्सले १ विकेट लिए ।

इंग्ल्याण्ड र अष्ट्रेलिया ३ म्याचको टी-२० सिरिजपछि एकदिवसीय श्रृंखला खेलिरहेका हुन् ।

कमेन्ट गर्नुहोस्