आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

बुधबार ९६ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

याे पनि पढ्नुस  चाँदीको मूल्य बढ्यो, सुनको भाऊ कस्तो छ?

नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार बुधबार ९५ हजार ९ सय निर्धारण गरिएको तेजावी सुनको मूल्य आज प्रतितोला ९६ हजार ३ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको मूल्य पनि उकालो लागेको छश्र बुधबार प्रतितोला १ हजार ३ सय १५ मा कारोबार भएको चाँदी आज १ हजार ३ सय ३५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

याे पनि पढ्नुस  एकैदिन सुनको मूल्य १२ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ आज कारोबार?

कमेन्ट गर्नुहोस्