नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय केन्द्रको आवश्यकता

मोहन वैद्य किरण
महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)

१. पृष्ठभूमि
विश्व सर्वहारा क्रान्तिको ऐतिहासिक आवश्यकता अनुसार माक्र्स र एङ्गेल्सले पहिलो अन्तर्राष्ट्रियको स्थापना गर्नुभयो । माक्र्सको निधन पश्चात् एङ्गेल्सको पहलमा दोस्रो अन्तर्राष्ट्रियको स्थापना भयो । दोस्रो अन्तर्राष्ट्रियमा दक्षिणपंथी अवसरवाद प्रभावी बन्दै गए पश्चात् लेनिनले तेस्रो अन्तर्राष्ट्रियको निर्माणका लागि आवश्यक पहल गर्नु भयो र रुसमा समाजवादी क्रान्ति सम्पन्न भए पश्चात् तेस्रो अन्तर्राष्ट्रियको स्थापना गरियो ।

दोस्रो विश्वयुद्धको समयमा स्तालिनको पहलमा तेस्रो अन्तर्राष्ट्रियको विघटन गरियो । स्तालिनको निधन पश्चात् रुसमा दक्षिणपंथी अवसरवादीहरु सत्तामा पुगे । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा महाविवाद पैदा भए । कम्युनिस्ट अन्तर्राष्ट्रिय निर्माण गर्ने परिस्थिति तयार हुन सकेन । तर पनि माओको नेतृत्वमा चीनले अन्तर्राष्ट्रिय केन्द्रको भूमिका निर्वाह गर्‍यो । माओको निधन पश्चात् चीनमा पनि प्रतिक्रान्ति भयो र विश्वमा कुनै पनि समाजवादी मुलुक रहेनन् ।

यस प्रकारको जटिल स्थितिमा विश्वका कतिपय कम्युनिस्ट पार्टीहरुद्वारा नयाँ अन्तर्राष्ट्रिय निर्माणका लागि आवश्यक पहल गरियो र क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (च्क्ष्ः)को स्थापना भयो । परन्तु केही वर्ष पश्चात् क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (च्क्ष्ः)पनि विघटनको अवस्थामा पुग्यो । यस स्थितिमा नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय केन्द्र स्थापनाको आवश्यकता अत्यन्तै खड्किएको छ र त्यसतर्फ विशेष ढङ्गले सोच्न तथा प्रयत्न गर्न अति जरुरी भएको छ ।

२. क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (रिम) को स्थापना
सन १९८०मा विभिन्न देशका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनहरु मिलेर नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय निर्माणका लागि आवश्यक पहल गरियो । यो पहल संयुक्त विज्ञप्ति निकालेर अगाडि बढ्यो । १९८०मा त्यसरी पहल गरेका विभिन्न कम्युनिस्ट पार्टी तथा सङ्ठनहरु मिलेर दोस्रो सम्मेलन गरियो र सम्मेलनमा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलनको स्थापना भयो । त्यस पश्चात् १९९३मा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन (च्क्ष्ः) को तेस्रो सम्मेलन भयो । यस सम्मेलनमा “माक्र्सवाद–लेनिनवाद–माओवाद” शीर्षक प्रस्ताव पारित गरियो । सो प्रस्तावमा माओवादलाई माक्र्सवादको नयाँ, तेस्रो र उच्च चरणका रुपमा स्वीकार गरियो र माक्र्सवाद–लेनिनवाद–माओवाद विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टी र तथा सङ्गठनहरको पथप्रदर्शक सिद्धान्त बन्न पुग्यो ।

यद्यपि रिम विश्वका सबै माओवादी पार्टी र सङ्गठनहरुको एकीकृत अन्तर्राष्ट्रिय केन्द्र बन्न सकेको थिएन । त्यसमा कैयौं क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनहरु आवद्ध भइसकेका थिएनन् । तर पनि त्यो अन्तर्राष्ट्रिय कम्युनिस्ट केन्द्रको भ्रूण भने अवश्यै थियो र त्यसले १९८४—२००८को अवधिमा कैयौं महत्वपूर्ण कामहरु गरेको थियो । परन्तु रिममा रहेका कतिपय पार्टीहरुमा गंभीर प्रकारका वैचारिक तथा राजनैतिक विचलनहरु पैदा भए र रिम अगाडि बढ्न सकेन । यो विघटित तथा मृतप्राय अवस्थामा पुग्यो ।

याे पनि पढ्नुस  कम्युनिस्टहरुको विजय यात्रालाई कसैले रोक्न सक्दैनः अध्यक्ष प्रचण्ड

३. रिम विघटनको अवस्थामा पुग्नुका प्रमुख कारण
रिम विघटनको अवस्थामा पुग्नुका पछाडि प्रमुख कारण तत्कालीन नेकपा (माओवादी) भित्र दक्षिणपंथी नवसंशोधनवादी गुटको वर्चश्व कायम हुनु र आरसीपी अमेरिकाको पार्टीमा गंभीर प्रकृतिको दक्षिणपंथी संशोधनवाद देखापर्नु हो । यस सन्दर्भमा हाम्रो पार्टीद्वारा पारित अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन सम्बन्धी दस्तावेजको मसौदा प्रस्तावमा भनिएको छ, “रिमभित्र देखा परेको वर्तमान सङ्कटका पछाडि मुख्यतः दुइओटा कारण जिम्मेवार रहेका छन् । पहिलो, तत्कालीन माओवादीको नेतृत्व पङ्क्ति भित्र प्रचण्ड–बाबुराम गुटमा पैदा भएको नवसंशोधनवादी भडकाव हो । यो गुटले साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुसंग आत्मसमर्पण गर्‍यो, नेपाली क्रान्तिप्रति विश्वासघात गर्‍यो र रिमलाई जानीबुझी निकम्मा बनाउने ध्वंंशात्मक भुमिका खेल्यो । दोस्रो, क्रान्तिकारी कम्युनिस्ट पार्टी अमेरिकाका अध्यक्ष बब अभाकियन आफ्नो आविष्कार भनिएको “नयाँ संश्लेषण” लाई रिमको निर्देशक सिद्धान्त बनाउने कुराबाट अभिपे्ररित भएपछि यो समस्या अगाडि आयो ।” (विश्व सर्वहारा क्रान्तिको तयारीको निम्ति अगाडि बढौं ! सर्वहारा वर्गको अन्तर्राष्ट्रिय केन्द्र निर्माण गरौं !! — नेकपा–माओवादीका दस्तावेजहरु, पृष्ठ १५३)

आज तात्कालिक प्रचण्ड–बाबुराम गुट एकातिर नोकरशाही पुँजीपति एवम् सामन्तवर्गीय राज्यसत्ता तथा संसदीय व्यवस्थाको रक्षा कवच र अर्कोतिर साम्राज्यवादी नवउदारवादको सेवकको रुपमा बेग्लाबेग्लै राजनीतिक पार्टीहरुमा विलीन भइसकेका छन् । अव उनीहरुले माक्र्सवाद–लेनिनवाद–माओवाद, जनयुद्ध र क्रान्तिसित कुनै साइनो छैन ।

अर्कोतिर, आरसीपी अमेरिकाले बब अभाकियनको नयाँ संश्लेषणलाई समाजवादी क्रान्तिको सैद्धान्तिक आधारका रुपमा अगाडि सारेको छ । यस सन्दर्भमा, आरसीपी अमेरिकाको केन्द्रीय समितिले पारित गरेका ७ प्रस्तावहरु मध्ये पहिलो प्रस्तावमै भनिएको छ, “बब अभाकियनले ४० वर्षको क्रान्तिकारी कामको आधारमा अगाडि सारेको साम्यवादको नयाँ सश्लेषणले क्रान्ति सम्पन्न गर्ने र मानवतालाई मुक्ति गर्ने वैज्ञानिक दृष्टिकोणमा एउटा गुणात्मक विकास हो । यसले विश्वलाई अहिलेनै आवश्यक भइसकेको नयाँ चरणको कम्युनिस्ट क्रान्तिका लागि आधार र प्रस्थान विन्दु प्रदान गरेको छ ।” यसरी आरसीपी अमेरिकाले प्रस्ताव गरेको नयाँ संश्लेषण माक्र्सवाद–लेनिनवाद–माओवादबाट विचलित भएको छ र यसले उत्तरमाक्र्सवादको बाटो पक्डेको छ । हाम्रो पार्टीले यसको दृढताका साथ सशक्त विरोध गर्दै आएको छ ।

४. आजको ऐतिहासिक आवश्यकता
क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी अनिवार्य रुपमा आवश्यक हुन्छ । यो कुनै खास देशको सन्दर्भमा मात्र नभई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सन्दर्भमा पनि सत्य हो । आजको युग साम्राज्यवाद र सर्वहारा क्रान्तिको युग हो । यस युगमा एउटा ध्रुवमा साम्राज्यवाद खडा छ भने अर्को ध्रुवमा विश्व सर्वहारा वर्ग खडा छ । यस स्थितिमा हामीले नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रियको पुनर्निर्माणका सन्दर्भमा निम्न विषयमाथि ध्यान दिन जरुरी छ ।

याे पनि पढ्नुस  १०२ वर्षे कम्युनिस्ट नेताको गुनासोः ‘हामीले चाहेको व्यवस्था यस्तो थिएन’

पहिलो, माक्र्स–एङ्गेल्सले कम्युनिस्ट पार्टीको घोषणापत्रमा भन्नु भएको थियो — संसारका मजदूरहरु एक हौं ! यो नारा सर्वहारा अन्तर्राष्ट्रियतावादको पक्षमा छ र यसले अन्तर्राष्ट्रिय कम्युनिस्ट सङ्गठनको माग गर्दछ । यस प्रकारको मागको पूर्तिका लागि आन्दोलन माक्र्स–एङ्गेल्सले महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।

दोस्रो, जुन बेला रिमको स्थापना हुँदै थियो ठीक त्यसैबेला साम्राज्यवादले नवउदारवादको भेष धारण गरेर विश्वमा उत्पीडनको प्रक्रियालाई तीव्र वेगमा अगाडि बढाउन सुरु गरेको थियो । त्यो बेलादेखि २००८ को अमेरिकी आर्थिक सङ्कटदेखि अहिलेको कोभिड–१९ को महामारी सम्मको अवधिमा आउँदा नव उदारवाद आर्थिक, राजनीतिक, र सांस्कृतिक रुपमा भयावह सङ्कटको भुमरीमा फस्तै गइरहेको छ । हालैका वर्षहरुमा विश्वका विभिन्न भागमा आर्थिक असमानता, गरिबी, भ्रष्टाचार र महङ्गीका विरुद्ध विश्वका विभिन्न देशहरुमा विद्रोहात्मक ढङ्गका कैयौं स्वतस्फूर्त जनआन्दोलनहरु विकसित हुँदै गइरहेका छन् । क्रान्तिका लागि वस्तुगत परिस्थिति दिन प्रतिदिन अनुकूल बन्दै गइरहेको छ, परन्तु, क्रान्तिकारी कम्युनिस्टहरुको आत्मगत परिस्थिति भने कमजोर नै रहेको छ । यस स्थितिमा क्रान्तिकारीहरुको आत्मगत शक्ति बलियो बनाउनका लागि नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय एक अपरिहार्य आवश्यकता बन्न गएको छ ।

तेस्रो, यद्यपि साम्राज्यवाद विभाजित छ, तर पनि त्यो भूमण्डलीकृत रुपमा सङ्गठित छ र अझै सङ्गठित बन्दै गइरहेको छ । सर्वहारा वर्ग स्वभावैले भूमण्डलीकृत हुँदाहुँदै पनि सङ्गठित हुन सकेको छैन । यस स्थितिमा अन्तर्राष्ट्रिय सङ्गठनको निर्माण गर्न अति जरुरी भएको छ ।

चौथो, कुनै पनि देशमा समाजवादको अन्तिम विजयका लागि विश्व क्रान्तिको विजय हुनु आवश्यक छ । माओ भन्नुहुन्छ, “लेनिनवादी दृष्टिकोण अनुसार समाजवादी देशको अन्तिम विजयका लागि आफ्नो देशका सर्वहारा तथा आम जनसमुदायका प्रयाशले मात्र पुग्दैन, अपितु यसका लागि विश्व क्रान्तिको विजय सम्पूर्ण विश्वभरकै मान्छेद्वारा मान्छेमाथि हुने शोषण व्यवस्थाको अन्त्य हुन आवश्यकता पर्दछ ।” (माओ ग्रन्थ ९, १५÷०४÷१९६९ को निर्देशन) हामीले नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय पुनर्निर्माणको सन्दर्भमा आजको ऐतिहासिक आवश्यकता सम्बन्धी उक्त विचार तथा अवधारणालाई राम्रोसित हृदयङ्गम गर्न जरुरी छ ।

५. पहल, समस्या र समाधानको बाटो
केही वर्ष यता नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रियको निर्माणका लागि विश्वका विभिन्न देशका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनहरुद्वारा आवश्यक पहल तथा प्रयत्न हुँदै आएका छन् । कतिपय प्रसङ्गमा दुई वा बहुपक्षीय भेटघाट, बैठक र सैद्धान्तिक तथा राजनीतिक छलफल पनि हुँदै आएका छन् । यस सन्मर्भमा कतिपय कमी तथा सीमा, समस्या जटिलता र कठिनाइ पनि पैदा हुने गरेका छन् । तर पनि पहल जारी नै छ । यस प्रकारका पहल र प्रयत्न अपर्याप्त रहेका छन् र तिनलाई राम्रोसित अगाडि बढाउनु पर्दछ ।

याे पनि पढ्नुस  मन्त्री पण्डितले भने, ‘कम्युनिस्ट गङ्गटो नभई कमिला जस्तो बन्नुपर्छ’

हामीले नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रियको निर्माण गर्दा गत समयमा रिमभित्र रहेका र रिममा सम्मिलित हुन नसकेका क्रान्तिकारी कम्युनिस्ट पार्टी तथा सङ्गठनहरुलाई नयाँ स्वरुपमा एकतावद्ध तुल्याउनु पर्दछ । एकताका लागि हाम्रो मूल सैद्धान्तिक तथा राजनीतिक आधार माक्र्सवाद–लेनिनवाद–माओवाद र सर्वहारा अन्तर्राष्ट्रियतावाद हो । यसै आधारमा हामीले साम्राज्यवाद तथा सबै खाले प्रतिक्रियावादको विरोध र संशोधनवादको विरोध गर्नु पर्दछ । यस अतिरिक्त बाँकी कैयौं विषयमा हामी बीच मतभेद वा विवाद हुन सक्छन्, तिनलाई एकताको उद्देश्यले अभिप्रेरित भएर, संगै बसेर, एकअर्काले उठाएका विषयको कदर गर्दै आवश्यक संयम तथा क्रान्तिकारी धैर्यताका साथ बहसमा उठेका सकारात्मक विषयलाई अङगीकार गर्दै, स्वस्थ तथा मैत्रीपूर्ण रुपमा अन्तर्संङ्घर्ष÷दुईलाइन सङ्घर्ष चलाउँदै एकता–सङ्घर्ष–रुपान्तरणको द्वन्द्वात्मक मान्यता अनुसार सकारात्मक दिशामा अगाडि बढ्नु पर्दछ ।

कम्युनिस्ट आन्दोलनको इतिहासमा फुटमात्र होइन एकताबद्ध हुने काम पनि हुँदै आएका छन् । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासका अनुभवहरुमाथि ध्यान दिंदै महाविवादको प्रक्रियामा माओको नेतृत्वमा रहेको चीनको कम्युनिस्ट पार्टीद्वारा रुसको कम्युनिस्ट पार्टीलाई पठाएको पत्रमा भनिएको थियो, “एकता, सङ्घर्ष र विभाजन सम्म र नयाँ आधारमा नयाँ एकता — त्यही हो अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकासको द्वन्द्ववाद ।” (महान बहस पृष्ठ १९६) अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको विकासको द्वन्द्ववाद बारे उक्त सारगर्भित तथा संश्लेषित विचार वर्तमान सन्दर्भमा हाम्रा लागि विशेष स्मरणीय तथा मननीय रहेका छन् ।

निष्कर्ष
नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रिय केन्द्र निर्माण सम्बन्धी हाम्रो पार्टीको मूल अवधारण यही नै हो । यस सन्दर्भमा हामीले विभिन्न समयमा आफ्ना विचार, दृष्टिकोण र मान्यताबारे स्पष्ट पार्दै आएका छौं । र आवश्यकता अनुसार थप उल्लेख गर्दै र स्पष्ट पार्दै जाने छौं ।
वर्तमान सन्दर्भमा विश्वमा अनुकूल बन्दै गइरहेको वस्तुगत परिस्थिति र विशव सर्वहारा वर्ग तथा समस्त शोषित उत्पीडित जनसमुदायले क्रान्तिकारी कम्युनिस्टहरुको नयाँ कम्युनिस्ट अन्तर्राष्ट्रियको माग गरिरहेका छन् । यसबारे हामी गंभीर बन्न जरुरी छ । अन्यथा विकसित वस्तुगत परिस्थिति अघिअघि बढ्दै जाने छ र हामी त्यसमा पछिपछि लाग्न पनि असमर्थ हुने छौं ।

कमेन्ट गर्नुहोस्