झिँगा धपाउने प्रयास गर्दा घरमा विस्फोटन

फ्रान्सको एउटा गाउँमा एक वृद्ध मानिसले झिँगा धपाउने प्रयास गर्दा उनको घरमा विस्फोटन भएको छ।

रातिको भोजन गर्न बस्न लागेको बेला एउटा झिँगाले दुःख दिएपछि ८० वर्षभन्दा बढी उमेरका ती व्यक्तिले झिँगा र कीराफट्याङ्ग्रा धपाउन प्रयोग गरिने विद्युतीय साधन चलाएका थिए।

याे पनि पढ्नुस  एक वर्षीय छोरा बेचेर फोन र रक्सी किन्ने बाबु

तर त्यही बेला घरमा ग्यास चुहिएकाले उक्त साधनसँग घर्षण हुँदा त्यहाँ विस्फोटन भयो।

विस्फोटनले भान्सा ध्वस्त भयो भने घरको सानो भाग पनि आंशिक रूपमा क्षतिग्रस्त भयो।

स्थानीय सञ्चारमाध्यमका अनुसार ती वृद्धको हातमा केही पोलेको भए पनि उनी सकुशल छन्।

तर उनलाई बिथोल्ने झिँगाबारे “केही थाहा नभएको” सुड-वेस्ट समाचारपत्रले जनाएको छ।

याे पनि पढ्नुस  जब सडकमा हजारौं लिटर रेड वाईनको बाढी बग्न थाल्यो (भिडियो)

ती वृद्धले तत्काल अन्यत्र आश्रय लिएका छन् भने उनको परिवारले घर मर्मत गर्दैछ।

कमेन्ट गर्नुहोस्