चीनले पहिलोपटक सार्वजनिक गर्‍यो कोरोना खोपको तस्वीर

काठमाडौं । संसारमा कोरोना खोपको होडबाजी चलिरहेको बेला चीनले पहिलोपटक आफुले विकास गरेको खोपको तस्वीर सार्वजनिक गरेको छ ।

सोमबारका दिन बेइजिङमा आयोजित व्यापार मेलामा कोरोना भाइरसका दुईवटा खोप प्रस्तुत गरिएका थिए ।

प्रदर्शन गरिएको पहिलो खोप सिनोवेक बायोटेकले उत्पादन गरेको हो । यसको नाम कोरोनावेक राखिएको छ । व्यापार मेलामा यसलाई सूईका रुपमा प्रदर्शन गरिएको थियो ।

याे पनि पढ्नुस  नेपालले मानिसमा काेराेना खाेपकाे क्लिनिकल ट्रायल नगर्ने

कम्पनीका प्रवक्ताका अनुसार, खोप तयार गर्नका लागि उद्योग स्थापना भइसकेको छ । वार्षिकरुपमा रुपमा ३० करोड डोज खोप उत्पादन गर्न सकिने उनले बताए ।

सिनोवेक बायोटेकका प्रमुख यिनले कम्पनीका ९० प्रतिशत कर्मचारी र उनीहरुको परिवारलाई खोप दिइएको समेत जानकारी गराए । आपतकालिन कार्यक्रम अन्तर्गत यी खोप दिइएको उनको भनाई थियो । ट्रायल भने अहिले पनि जारी नै रहेको कम्पनीले जनाएको छ ।

याे पनि पढ्नुस  ट्रायलमा एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड विश्वविद्यायलले रोक्यो कोरोना खोपको परीक्षण

अर्को खोप सिनोफार्मले उत्पादन गरेको हो । कम्पनीले दिएको जानकारी अनुसार, दुई डोज खोपको मूल्य १० हजार भन्दा कम हुने छ । चीनका दुबै खोप मानवमा परिक्षणको तेश्रो क्लिनिकल ट्रायलको चरणमा छन् । यसै वर्षको अन्त्यसम्म खोप बजारमा आउने दुबै कम्पनीले दावी गरेका छन् ।

कमेन्ट गर्नुहोस्