काभ्रेका विष्णुको कुवेतमा निधन

कुवेत : वैदेशिक रोजगारीका लागि गत वर्षको नोभेम्बरमा कुवेतको आर्मर स्टेट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्न गएका काभ्रेका विष्णुबहादुर तामाङको शनिबार निधन भएको छ।

मानसिक समस्यामा रहेका ३२ वर्षिय तामाङको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा निधन भएको कुवेतस्थित नेपाली दूतावासका द्वितिय सचिब श्रीकृष्ण सिलवालले जानकारी दिए ।

याे पनि पढ्नुस  पनौती नगरपालिकाद्वारा किसानलाई पाडी वितरण

तामाङलाई १५ दिनअघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको र १२ दिनको उपचारपछि फर्काइएको थियो। कम्पनी आवासमा फर्किएपछि पुन: समस्या देखिएर कुवेतको आदान अस्पताल लगिएकोमा उपचारकै क्रममा उनकाे निधन भएको हो ।

उनको निधन बारे पुर्ण विवरण आउन बाँकी भए पनि कम्पनी र परिवारसँग समन्वय गरेर कानुनी प्रकृया सुरु गरिसकेको दूतावास स्रोतले जनाएको छ ।

याे पनि पढ्नुस  कुवेतमा नयाँ नियम, छुट्टीमा नेपाल फर्किदा श्रमका लागि दूतावासको सिफारिस अनिवार्य

मृतक विष्णुको घरमा बुबा, दिदी, श्रीमती र २ वर्षकी छोरी छन् ।

कमेन्ट गर्नुहोस्