फेरि घट्यो सुनको मूल्य

काठमाडौंः सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको तोलाको ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार नै तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

याे पनि पढ्नुस  सुनको मूल्य घट्यो, आइतबार कतिमा हुँदैछ कारोबार?

चाँदी प्रतितोला १३ सय २० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन प्रति तोलाको ९६ हजार ४ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

कमेन्ट गर्नुहोस्