काठमाडौंको कपनमा सुन किन्न बोलाएर १३ लाख लुटपाट

काठमाडौं : राजधानीको बूढानीलकण्ठ नगरपालिका-११ कपनस्थित आनीगुम्बा नजिकै सुन किन्न गएका उदयपुर चौदण्डीका निराहाङ राईमाथि लुटपाट भएको छ ।

कपनको आनीगुम्बा नजिकैबाट लुटेरा समूहले उनको साथमा रहेको १३ लाख ५० हजार लुटेका हुन् ।

बिहीबार साँझ सुन किन्न बोलाएर साथमा बोकेको पैसाको झोला खोसेर भाग्ने समूहका योजनाकारसहित पाँच जनालाई अपराध महाशाखा र प्रहरी वृत बौद्धले पक्राउ गरेको छ ।

याे पनि पढ्नुस  सुनको मूल्य अहिलेसम्मकै उच्च

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, सिन्धुपाल्चोक जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामा छन् ।

सस्तोमा सुन बेच्ने सपना देखाएर लुट्ने समूहका मुख्य योजनाकार रुवेन लामासँग ३७ वर्षीय निराहाङले सुनको डिल गरेका थिए । सानो टुक्रा सक्कली सुन देखाएर विश्वासमा पारेपछि रुवेनले पैसा लिएर गुम्बानजिक आउन भनेका थिए ।

याे पनि पढ्नुस  बढ्यो सुनको मूल्य

गुम्बानजिक पुग्नासाथ रुवेनको समूहका चार जना निराहाङको साथमा रहेको झोला खोसेर भागेका थिए ।

कमेन्ट गर्नुहोस्