घट्यो सुनको मूल्य

काठमाडौंः आइतबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

शुक्रबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार प्रतितोला ९८ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

याे पनि पढ्नुस  कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

चाँदीको मूल्य आज २५ रुपैयाँ घट्दै १३ सय ४५ पुगेको छ ।

कमेन्ट गर्नुहोस्