पैसा नभएको चेक दिएर लाखौं ठगी गर्ने युवती पक्राउ

काठमाडौं : सुन पसलबाट सुन ठगी गर्ने १ महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्ने महिला काठमाडौं महानगर-३१ नयाँ बानेश्वर बस्ने २९ वर्षीया शारदा मगर हुन् । उनलाई महानगरीय अपराध महाशाखाले बुधबार राति ९ बजे ज्ञानेश्वरबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धान अनुसार उनले करिब ४ लाख ३६ हजार बराबरको सिक्री, लकेट, ब्रासलेट, हिराको औंठीलगायतका गरगहना विभिन्न बहाना बनाई ठगी गरेका थिइन् ।

याे पनि पढ्नुस  चितवनमा लागुऔषधसहित दुई पक्राउ

चेक दिएर सुनका सामान लिइसकेपछि उनी फरार हुने गरेको एसपी कार्कीले जानकारी दिए। उनका अनुसार सुन वा हिरा पनि करिब ४/५ लाखमाथिको लिन खोज्ने गर्थिन्।

कमेन्ट गर्नुहोस्