नरेश बचाउ अभियान : समाजसेवी उमा राईद्वारा १५ हजार सहयोग

बझाङ : कञ्चनपुरको बेदकोट नगरपालिका-७, गौजीका १५ वर्षीय किशोर नरेश धामीको प्यारालाइसिस उपचारका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।

आर्थिक अवस्था निकै कमजोर भएपछि सहयोगको अपिल गर्दा उनलाई देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको हो ।

यसैबीच, नरेशको उपचारका लागि ललितपुर इमाडोल बस्ने उमा राईले पनि आर्थिक सहयोग गरेकी छन् ।

दिनदुःखीलाई सहयोग गर्न सधैं सक्रिय राईले नरेशको उपचारका लागि १५ हजार आर्थिक सहायता गरेकी हुन् । आर्थिक सहयोग गर्दै उनले बिरामी नरेशलाई शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

उपचार अभावमा ५ वर्षदेखि नै ओछ्यानमै नरेश

प्यारालाइसीस रोगले थला परेका नरेशको अवस्था अझै पनि उस्तै छ । अझ भनौं ५ वर्षदेखि सुत्नु परिरहेको त्यो खटियाबाट उठ्न खोजेका लाखौं कोशिस असफल भए नरेशका । उनको स्वास्थ्य अवस्था झनझन बिग्रिदै गएको छ । प्यारालाइसीस् भएर उनका दुवै खुट्टा काम नगर्ने भएका छन् ।

आफ्नो जिन्दगीको दुःखका दिन सुरु भएको त्यो दिन सम्झिदै नरेश भन्छन्, ‘राति सुतिरहेको थिएँ, कम्मरमा चसक्क भएको थियो । सामान्य होला सोचेको थिएँ, जिन्दगीले यति पिडा दिन्छ कल्पना सम्म गरेको थिएन ।’

नरेश बिरामी परेको दिन देखि नै विभिन्न अस्पताल देखि बैद्धे सम्म उपचारको लागि पुगियो । तर, सामान्य घरको आर्थिक अवस्थाले उनको स्वास्थ्यले तन्दुरुस्ती पाउन सकेन । बिरामी परेका नरेशका बुवा लक्ष्मण धामीले पाँच वर्ष देखि छोराको उपचार गरिरहेको भए पनि राम्रो नभएको बताए । ‘पाँच वर्ष देखि छोराको उपचारमा लागियो । तर, छोरालाई सन्चो हुन सकेन । उनले भने, ‘भएको सबै सम्पत्ति उपचारमै सकियो, अब एउटा घर मात्रै छ । छोरालाई कसरी बचाउँ ?’

घरको आर्थिक अवस्थाले नरेशको उपचार गर्न सकिने अवस्था छैन । अहिले उनको उपचारको लागि सहयोग गरिदिन आफन्तले सबैलाई आग्रह गरेका छन् ।

देश विदेशबाट सहयोग गर्न चाहनेले मोबाइल नम्बर ००९७७९८६५८७०४५६ मा सम्पर्क गरेर थप बुझ्न सकिनेछ ।

त्यस्तै भारतमा भएकाहरुले दिपेन्द्र धामी ००९१९६२०७४९७४८, भरत बोहरा ००९१७७९५१३५२१० र
सन्तोष धामीलाई मोबाइल नम्बर ००९१९५४२७११०४४ मा सम्पर्क गरेर बुझ्न सकिने आफन्तले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्