काठमाडौं उपत्यकामा थप १२७ जनामा कोरोना संक्रमण

काठमाडौं : गत २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न स्थानमा सञ्चालनमा रहेका प्रयोगशलामा परीक्षण गर्दा आज उपत्यकामा १ सय २७ जनामा कोरोना पुष्टि भएको हो ।

उपत्यकाका आज काठमाडौंमा १ सय ११, ललितपुरमा ११ र भक्तपुरमा ५ संक्रमित थपिएका छन् । नेपालमा हालसम्म कोरोनाबाट ९५ जनाको मृत्यु भएको छ ।

याे पनि पढ्नुस  उपत्यकामा फेरि थपिँदै निषेधाज्ञा, हिँड्डुलमा झन् कडाई

आज देशभर ५ सय २५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

अहिले देशभर ८ हजार २८ जना संक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् ।

याे पनि पढ्नुस  आइतबार कतिले छाडे काठमाडौं उपत्यका?

योसँगै कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ८ सय ३७ पुगेको छ । हाल देशभर क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना रहेका छन् । आज ९ हजार बढीको पीसीआर गरिएको छ ।

कमेन्ट गर्नुहोस्